सिटिजन्सका ग्राहकलाई अजा डायनास्टीमा १० प्रतिशत छुट

सिटिजन्सका ग्राहकलाई अजा डायनास्टीमा १० प्रतिशत छुट

सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले अजा डाइनास्टीमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । 

डिजिटल बैंकिङ्ग माध्यमको प्रयोग बढाउन बैंकले काठमाडौँको ठमेलमा रहेको अजा डायनास्टीसँग समझदारी गरेलगत्तै सो छुट सुविधा उपलब्ध हुन लागेको बताइएको छ ।

यस किसिमको सहकार्यले आफ्ना ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने समेत जानकारी दिएको छ । 

आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट गरिने भुक्तानी कार्यमा प्रोत्साहित गर्न बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । 

सिटिजन्स बैंकले हालसम्म मुलुकभर आफ्ना १८२ शाखा, ३ विस्तारित काउण्टर, १३९ एटिएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ्ग इकाइमार्फत १५ लाखभन्दा बढीलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू