रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने

सरकारले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति ल्याएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको जानकारी गराउनुभएको हो । राष्ट्रपतिद्वारा सार्वजनिक गरिएको उक्त नीति आगामी आर्थिक वर्षदेखि लागू हुनेछ । 

त्यसक्रममा राष्ट्रपतिले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीको निम्ति प्रेरित गर्ने नीति लिइने पनि बताउनुभयो ।

टिप्पणीहरू