महाधिवेशनको पूर्वसन्ध्यामा समाजवादीका तीन नेता संगठनबाट निकालिए
नेकपा एकीकृत समाजवादी सम्बद्ध समाजवादी प्रेस संगठनका तीन जना संस्थापक नेता निष्कासनको कारबाहीमा परेका छन् ।
उपत्यका प्रदेश कमिटी उपाध्यक्ष केशव लुइँटेल, संस्थापक सदस्यहरु अमर सुनार र ललित बूढामाथि अनुशासन तोडेको आरोपमा कारबाही गरिएको हो । उनीहरुले संगठनको अनुशासन तथा मर्यादा तोडेकाले जिम्मेवारीमुक्त गरिएको महासचिव भुपराज बस्यालले जानकारी दिए ।
आजैदेखि कारबाहीमा परेका उनीहरुका गतिविधिले संगठनसँग कुनै सम्बन्ध नराख्ने जनाउँदै बस्यालले त्यसमा सरोकार नराख्न सम्बन्धित सबैलाई आग्रह पनि गरेका छन् ।
समाजवादी प्रेस संगठनले जेठ २६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्दैछ ।
टिप्पणीहरू