अमेरिकी दूतावासमा राप्रपाको ज्ञापनपत्र

अमेरिकी दूतावासमा राप्रपाको ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंस्थित अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाएको छ । अमेरिकी विदेश मन्त्रालयले राप्रपालाई हिन्दू धर्म प्रचारको निम्ति भारतीय जनता पार्टीलगायतले आर्थिक सहयोग गर्दै आएको प्रतिवेदन सार्वजनिक गरेपछि सोको विरोधमा ज्ञापनपत्र बुझाइएको बताइएको छ ।

हिजो अपरान्ह महाराजगञ्जस्थित दूतावासमा पेश गरेको ज्ञापनपत्रमा राप्रपा प्रजातन्त्र, मानवाधिकार र धार्मिक स्वतन्त्रता जस्ता विश्वव्यापी मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै धर्मप्रति समान सम्मान भावसहितको हिन्दूराष्ट्रको पक्षमा रहेको उल्लेख छ ।

उसले भनेको छ, ‘हामी हाम्रा मान्यताहरुको स्थापनामा मित्र राष्ट्रहरूको सद्भाव र शुभेच्छाको हार्दिक स्वागत गर्दछौं । तर अन्य कुनै प्रकारको हस्तक्षेप वा आर्थिक सहायताको कल्पनासम्म पनि गर्दैनौं ।’ 

पार्टीलाई मुछेर अमेरिकाले प्रकाशित गरेको प्रतिवेदनप्रति राप्रपाले गम्भीर आपत्ति जनाएको छ ।


 

टिप्पणीहरू