चार पटकका भारतीय मुख्यमन्त्री नेपालमा
इण्डियन नेशनल लोक दलका नेता तथा हरियाणाका पूर्वमुख्यमन्त्री काठमाडौं आइपुगेका छन् । नेता तथा पूर्वमुख्यमन्त्री ओमप्रकाश चौटाला आज दिउँसो सवा ४ बजे नयाँ दिल्लीबाट आइपुगेका हुन् ।
उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५५ मा आएको बताइएको छ । उनको काठमाडौं भ्रमणबारे भारतीय दूतावास तथा नेपालका अधिकारीहरुले केही बताएका छैनन् ।
उनी चार पटक मुख्यमन्त्री बनेका थिए । पहिलो पटक सन् सन् १९८९ देखि ९०, दोस्रो पटक सन् १९९० मा केही समय,त्यसपछि १९९१ मा पनि छोटो समय मुख्यमन्त्री बनेका उनी सन् १९९९ देखि २००५ सम्म लामो समय हरियाणाको मुख्यमन्त्री थिए ।
टिप्पणीहरू