उदयपुरमा किशोरी बलात्कृत
उदयपुरमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उदयपुरको बेलका नगरपालिका–६, सालबोटेका २३ वर्षीय पूर्णबहादुर मगर किशोरी बलात्कार गरेको आरोपमा समातिएका हुन् । ईलाका प्रहरी कार्यालय रामपुर, ठोक्सिलाबाट खटिएको टोलीले हिजो दिउँसो उनलाई नियन्त्रणमा लिएको हो ।
मगरले ती किशोरीलाई शुक्रबार करणी गरेको उजुरीको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू