प्रधानमन्त्रीको भ्रमण मिलाउन उतापनि उत्तिकै दौडधुप

प्रधानमन्त्रीको भ्रमण मिलाउन उतापनि उत्तिकै दौडधुप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति तय भइसकेको भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् ।

राजदूत शर्माले आज भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् । भेटवार्ताबारे जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् । 

भेटवार्ताको तस्बिरसहित उनले आफूहरुबीच दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको बताएका छन् । 

आगामी बुधबारदेखि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने भनिए पनि दुवैतर्फबाट औपचारिक जानकारी गराइएको छैन ।

टिप्पणीहरू