बजेटको तयारी अन्तिम चरणमा, आजदेखि एलएमबीस बन्द

बजेटको तयारी अन्तिम चरणमा, आजदेखि एलएमबीस बन्द

अर्थ मन्त्रालयले मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीस) बन्द गरेको छ । बजेट प्रस्तुत नहुँदासम्मका लागि अर्थले एलएमबीस बन्द गरेको हो ।   

अर्थ मन्त्रालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८०–८१ को बजेट तयारी अन्तिम चरणमा रहेको हुँदा आजदेखि उक्त प्रणाली बन्द गरिएको जनाएको छ । जेठ १५ गते बजेट भाषण गरेपछि १६ गतेमात्र एलएमबीस खुल्ने जानकारी दिइएको छ । 

'आर्थिक वर्ष २०८०–८१ को बजेट तयारी अन्तिम चरणमा रहेको हुँदा मिति २०८० जेठ ११ गतेदेखि जेठ १६ गतेसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीस) बन्द रहने व्यहोरा २०८०–२–९ को सचिवस्तरीय निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ’ मन्त्रालयको सूचनामा उल्लेख छ ।

 

टिप्पणीहरू