धादिङका विपिन ४ किलो गाँजासहित चन्द्रागिरीमा समातिए

धादिङका विपिन ४ किलो गाँजासहित चन्द्रागिरीमा समातिए

काठमाडौँको चन्द्रागिरीबाट एक युवक गाँजासहित समातिएका छन् । धादिङको गल्छी गाउँपालिका–१ का २६ वर्षीय विपन मगरलाई प्रहरीले आज पक्राउ गरेको हो । 

प्रहरी प्रभाग धादिङबाट खटिएको प्रहरी टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट आज बिहान उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीका अनुसार धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ केजी ५ सय ग्राम गाँजासहित मगर पक्राउ परेका हुन्  ।
 

टिप्पणीहरू