ढाकाकुमारको पद गयो,अर्को मुध्दाको आतंक

ढाकाकुमारको पद गयो,अर्को मुध्दाको आतंक

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निश्कासित ढाकाकुमार श्रेष्ठ यतिबेला तनावै तनावमा छन् । अड्डा अदालतमा अनेकथरि मुद्दामामिला खेप्दैआएका उनी कानुनी प्रक्रियादेखि थकित छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो टेप बाहिरिएपछि रास्वपाले छानविन गरी ढाकाकुमारलाई हटायो । उनी सर्वोच्च अदालत पुगे,त्यहाँ पनि रास्वपाले एक से एक वकिलहरूको लाइन लगायो । अन्ततः उनी सर्वोच्चको आदेशबाट अब फेरि संसद फर्किन नपाउने भए । उनैलाई हिजो बिहिवार मध्य राति अर्को तनाव आइलाग्यो । कारण,समानुपातिक सांसद बन्दा दुई करोड पार्टीका नेताहरूलाई नबुझाएको स्पष्टीकरण दिनुपर्ने ।

उनी मुद्दामामिलाबाट थकित छन्,मिडियामा माननीय बन्न पैसा खर्च गरेको समाचार आएपछि चारै तिरबाट आलोचना र तनाव खेपिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले मानहानीको मुद्दा बोकेर अदालत जाने र २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावी गर्ने चेतावनी दिएपछि उनी इन्तु न चिन्तु भएका हुन् । अनेकौँ अदालती झमेला झेल्दै आएका उनलाई ३ दिनसम्म बोल्नु न नबोल्नु भयो । मोबाइल स्विच अफ गरेर बस्दा पनि पार पाएनन् । फेरि अदालतमा वकिलहरूको अर्को लाइन देख्न र भोग्न चाहेनन् । अन्ततः अदालती तनाव झेल्नुभन्दा ‘मेरो बोली होइन’ भन्ने तहमा पुगे । ढाकाकुमारका आफ्नै तनाव र कारण छन् । चुनावमा खटेर लागे,सहकारी डुबाएर कुस्त खर्च गरे ।

समानुपातिक सांसद बने,मार्सीसङ्ग पैसा मागेको टेप काण्ड लिक हुँदा भरमार बेइज्जति सहे। पार्टी आफ्नो रहेन, पदै गयो । महिनौँसम्म मुद्दामामिला गर्दै हिँडे। अन्ततः अर्को मानहानीको मुद्दा नखेप्ने तहमा पुगे । ढाकाकुमार लामो राजनीतिक तनावबाट मुक्त भएर हप्ता दिनभित्रै आफ्नो छोटो राजनीतिक यात्रा,रास्वपाभित्रको आर्थिक अपारदर्शिता र कोर टीमवारे खास कुरा बोल्दै छन् । ढाकाकुमारको नाउँमा मध्यराती दुइटा स्पस्टिकरण आएका छन्- एउटा हातले लेखेको,अर्को पृन्टेड । दुवै एकखाले छन् । यतिबेला रास्वपाका नेता कार्यकर्ताले त्यो स्पस्टिकरण  युद्ध जितेझैँ गरेर सञ्जालमा फैलाइरहेका छन् । 

अदालतको आदेशपछि सबैतिरबाट थकित,गलित,निरुपाय ढाकाले मध्यराती आफै कुरा फेरे या उनको नाममा अरुले हस्तलिखित र कम्प्युटर टाइपको बिज्ञप्ती बनाएर छर्यो मोबाइल स्विच अफ गरी सम्पर्क बिच्छेद गरेर बसेकोले प्रष्ट भएन तर उनले बोलेकै हुन् । उनले नभनी ठाउँ,ठेगाना,समय र परिमाणसहितको समाचार कसरी बन्छ ? त्यो उपन्यास त होइन ! अनि मिडियामा समाचार आएको ४ दिनसम्म किन मौन भए र सर्वोच्चले सँसद छिर्ने बाटो बन्द गरिदिएपछि किन हैन भन्न पुगे ? बिस्तृत विवरण त आउन बाँकी नै छ ।सर्वोच्च अदालतबाट अस्ति न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश नदिएपछि उनी पदमुक्त भएका हुन् ।


टिप्पणीहरू