‘सहमतिमा भाग्ने, करणीको मुद्दा लगाउने ?’

दुई वर्षअघि सहमतिमै केटी भगाएका युवकलाई अपहरण र जबरजस्ती करणीको मुद्दा लगाएको भन्दै राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । 

पर्वतको जलजला गाउँपालिका ८ का २३ वर्षीय प्रभात बसेललाई अपहरण र जबरजस्ती करणीको मुद्दा लगाएर प्रहरी नियन्त्रणमा लिएको भन्दै आज दिउँसो १२ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । 

विवेक हायुलगायत दुई दर्जनभन्दा बढीको संख्यामा रहेका उनीहरुले मोटरसाइकलसहित नाराबाजी गरेको बताइएको छ । करिब दुई वर्षअघि पर्वतका २३ वर्षीय प्रभात बसेलले बागलुङकी २२ वर्षीया प्रीति घिमिरेलाई भगाएका थिए । घरबाट भागेर भारत पुगेका उनीहरु हालसालै नेपाल फर्किएका हुन् । 

तर, केटी पक्षले प्रभातविरुद्ध प्रहरी चौकी बेनीमा अपहरण र जबरजस्ती करणीको मुद्दा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा प्रदर्शन गरिएको बताइन्छ ।

टिप्पणीहरू