विशेष भाँडोमा हालेर रक्त चन्दनको तेल ओसारपसार

विशेष भाँडोमा हालेर रक्त चन्दनको तेल ओसारपसार

प्रहरीले झण्डै दुई करोड मूल्य बराबरको रक्तचन्दन तेलको अवैध कारोबार गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको चावहिल बस्दै आएका ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, ५८ वर्षीय निलकान्त भुसाल, काँडाघारीका ३५ वर्षीय नवीन दाहाल र गोकर्णहरि दाहाल समातिएका हुन् ।

कलंकीका ३६ वर्षीय ज्ञानबहादुर ओली, जडिबुटीका ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र महांकालका ४० वर्षीय खेमराज घिमिरे पनि सोही आरोपमा प्रहरी खोरमा पुगेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू