दिउँसो नाराबाजी गरेको शान्ति समाजले साँझ बत्ति बाल्ने
मानव अधिकार तथा शान्ति समाज, नेपालको चितवन शाखाले १६ औं गणतन्त्र दिवसको अवसरमा भरतपुरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
‘तीन तहको सरकारः सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चिचत गर’ भन्ने मूल नाराका साथ भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरिएको हो । सो क्रममा प्रदर्शनकारीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न जोडदार माग गरे ।
उनीहरुले ‘शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर’,‘लोकतान्त्रिक गणतन्त्रको मूल्यअनुरुप आचरण गर’,‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’,‘शीर्ष नेता भ्रष्ट्र छन्ः नेपाली जनता मस्त छन्’,‘भ्रष्टाचार हटाऊः गणतन्त्र बचाऊ’, लगायतका नारा लगाएका छन् ।
प्रदर्शनमा केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, केन्द्रीय सदस्य विनोदकुमार अधिकारी, पूर्व केन्द्रीय सचिव बाबुहरि आचार्य, पूर्व जिल्ला सभापति अनन्त ढुंगाना, उपसभापति भवानी अधिकारी, सचिव जीवन केसीलगायत दुई दर्जनको उपस्थिति छ । समाजले आज बेलुका ७ बजे चौबिसकोठीमा दीप प्रज्वलन गर्ने कार्यक्रमको आयोजनासमेत गरेको छ ।
टिप्पणीहरू