यसरी गरियो अन्तरिक्षमा जानुअघि चिनियाँ अन्तरिक्षयात्रीहरुको बिदाई

स्रोत : सीजीटीएन ।

चीनले अस्ति तीन जना अन्तरिक्षयात्री रहेको चिनियाँ अन्तरिक्षयान सफल प्रक्षेपण गरेको छ । सन्चौ १६ नाम दिइएको अन्तरिक्षयान विभिन्न अनुसन्धानको निम्ति आगामी पाँच महिनासम्म अन्तरिक्षामा रहने बताइएको छ ।

अन्तरिक्ष यानलाई अस्ति बिहान चीनको उत्तरपश्चिममा रहेको चिउछ्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट पठाइएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्रक्षेपण गरेको १० मीनेटमा रकेट पृथ्वीको कक्षमा पुगेको बताइएको छ ।

अन्तरिक्षयानमा अन्तरिक्षयात्रीहरु चिङ हाइपेङ, चु याङचु र कुई हाइचौ छन् । उनीहरुले पृथ्वीको कक्षको थप परीक्षण र प्रयोग, सामान्य सापेक्षताको प्रमाणीकरण र जीवन उत्पत्तिको अध्ययन गर्ने बताइएको छ ।

अन्तरिक्षयानमा बसेर अन्तरिक्षतर्फ जानुअघि उनीहरुको विशेष समारोहमा बिदाई गरिएको थियो । सोही क्रममा अन्तरिक्षयात्रीको पोशाकमा उपस्थित उनीहरु बिदाईमा सहभागी सबैलाई चिनियाँ शैलीमा अभिवादन गर्दै अन्तरिक्षयानमा प्रवेश गरेका थिए ।

टिप्पणीहरू