पाकिस्तानी निर्णयपछि भारत दबाबमा !

पाकिस्तानी निर्णयपछि भारत दबाबमा !

पाकिस्तानले आफ्ना झ्यालखानामा रहेका २०३ जना भारतीय नागरिकलाई मानवीयताका आधारमा रिहा गर्न लागेको जानकारी दिएको छ । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टाे जर्दारीले उक्त जानकारी गराउँदै दुई सय जना माझी र तीन जना सर्वसाधारण भारतीयलाई रिहा गर्न लागिएको विवरण सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । 

पाकिस्तानले तीन साताअघि पनि १९८ जना भारतीय माझीलाई रिहा  गरेको जनाएको छ । उसले ती माझीलाई मे १२ का दिन भारत फिर्ता गरिदिएको जानकारी गराएकाे छ ।

पाकिस्तानले मानवीय विषयलाई राजनीतिकरण नगर्ने आफ्नो नीति अनुरुप उक्त निर्णय गरिएको बताएको छ । उसले भनेको छ, ‘मानवीय र मानवता सम्बन्धी विषय राजनीतिभन्दा माथि हुनुपर्छ ।’

यता, भारतमा पनि थुप्रै पाकिस्तानी माझी र सर्वसाधारण काराबासमा छन् । पाकिस्तानको पछिल्लो निर्णयपछि भारतलाई पनि सोहीबमोजिम निर्णयका लागि दबाब परेको विश्लेषकहरुको भनाइ छ । पाकिस्तानी र भारतीय माझीहरु समुद्रमा माछा मार्ने क्रममा एक अर्काको जल क्षेत्रमा पुग्ने गरेका छन् ।

यसैबीच भारतीय दुःखमा पाकिस्तानले आफ्नो साथ रहेको जनाएको छ । भारतको उडिसा राज्यमा भएको रेल दुर्घटनाप्रति पाकिस्तानले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको जानकारी दिएको छ ।

टिप्पणीहरू