बालकृष्ण र टोपबहादुरहरुको निम्ति १०७ जना वकिल

बालकृष्ण र टोपबहादुरहरुको निम्ति १०७ जना वकिल

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितको पक्षमा बहस गर्न १०७ जना कानुन व्यवसायीले नाम लेखाएका छन् । हिजोदेखि काठमाडौं जिल्ला अदालतमा शुरु भएको थुनछेक बहसमा सरकारी वकिलहरुले आफ्नो धारणा,प्रमाण र तथ्य राख्न थालेका छन् ।

हिजो अबेरसम्म भएको बहसमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिलहरुलाई भोलि दिउँसो १ बजेसम्म बहस सकाउन समयसीमा निर्धारण गरिदिनुभएको छ । 

त्यसपछि विपक्षी १८ जनाको तर्फबाट कानुन व्यवसायीहरुले आफ्ना दलिल पेश गर्नेछन् । त्यसका लागि १०७ जना वकिलले नाम टिपाएको बताइएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट बहसका लागि सबैभन्दा धेरै २४ जना वकिल तयार छन् । टेकनाथ रिजालको पक्षमा १५ जना वकिलले नाम लेखाएका छन् ।

प्राप्त विवरणअनुसार टोपबहादुर रायमाझीको पक्षमा ११ जना, केशव दुलालको पक्षमा सात जना, टेकनारायण पाण्डेका लागि पाँच जना कानुन व्यवसायी बहसको निम्ति तयार देखिन्छन् । 
सन्दीप रायमाझीको पक्षमा चार जना,इन्द्रजित राईको तर्फबाट चार जना,नरेन्द्र केसीको तर्फबाट तीन जना,गोविन्द चौधरीको तर्फबाट तीन जना, हरिभक्त महर्जनका लागि दुई जना, आङटावा शेर्पाको तर्फबाट दुई जना र समशेर मियाँको निम्ति एक जना वकिलले नाम लेखाएको पाइएको छ । 
 

खाँणको निम्ति खम्बबहादुर खाती, जितेन्द्रबहादुर पाण्डे, प्रा.डा. नृसिंहकुमार खत्री, मंगलसुन्दर शिल्पकार, जनकराज श्रेष्ठ, अनु भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, पंकज कर्ण, ललितबहादुर बस्नेतलगायतले बहस गर्नेछन् ।

टेकनारायण पाण्डेको तर्फबाट राम घिमिरे, रमण श्रेष्ठ, जगत जोशी, गणेश रेग्मी र टोपबहादुर रायमाझीको निम्ति आकृति रायमाझी, सुशिल पन्त, रमेश बडाल, रामचन्द्र सुवेदी, धर्मराज जोशी, परशुराम कोइराला, ज्ञानेश्वर पराजुलीले बहस गर्ने बताइएको छ ।

टेकनाथ रिजालका कानुन व्यवसायीहरुमा श्यामबाबु केसी, प्रतिमा भट्टराई, डा. राजेन्द्र घिमिरे, अनिलकुमार लाल, डा. हिरा कार्की, राजेन्द्र पोखरेललगायत १५ जनाले नाम लेखाएका छन् ।
 

टिप्पणीहरू