प्रेस लेखिएको गाडीमा लाखौंका खैनी र गुट्खा

प्रेस लेखिएको गाडीमा लाखौंका खैनी र गुट्खा

प्रेस लेखिएको गाडीबाट प्रहरीले राजस्व छलिएको सामान बरामद गरेको छ । ललितपुरको चापागाउँबाट २० लाख रुपैयाँ बराबरका सामान, गाडी र दुई जनालाई पक्राउ गरेको बताइएको छ ।

गाडीमा अवैध तरिकाले राजधानीमा ल्याइएका रजनीगन्धा, तुलसी, खैनी, गुट्खालगायत बरामद भएको हो । तीन थान पुरानो प्रेस पाससहित सिमराका ३४ वर्षीय दीपकप्रसाद चौलागाईं र भारतको बिहार राज्यका २८ वर्षीय सचिनकुमार चौरसिया पक्राउ परेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

टिप्पणीहरू