बुद्धका पाइलटहरु जहाज उडाउन छाडेर आकाशमै फोटो खिच्दै

बुद्धका पाइलटहरु जहाज उडाउन छाडेर आकाशमै फोटो खिच्दै

बुद्ध एअरका एक जना पाइलट नागरिक उड्डयन प्राधिकरणको कारबाहीमा परेका छन् । आकाशमा उडिरहेको विमानबाट फोटो र भिडियो खिच्ने पाइलटलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।

परिचय सार्वजनिक नगरिएका ती पाइलटले उडान सुरक्षामा लापरबाही गरेको प्राधिकरणको भनाई छ । कारबाहीपछि ती पाइलटलाई केही समयका लागि उडानमा रोक लगाइएको छ ।

प्राधिकरणको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो भएमा मात्रै उनले उडान गर्न पाउनेछन् ।

टिप्पणीहरू