अमेरिकी राजदूत पोखरामा, इटालीका राजदूत नयाँ दिल्ली प्रस्थान
नेपालका लागि अमेरिकी राजदूत पोखरा जानुभएको छ । राजदूत डिन आर थम्पसन बिहान ९ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट प्रस्थान गर्नुुभएको हो ।
आजै नेपालका लागि इटालीका राजदूत भिसेन्जो डि लुका काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ बिहान सवा ८ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा त्यता जानुभएको विमानस्थलस्थित अध्यागमन कार्यालय स्रोतले बताएको छ ।
राजदूत लुका नयाँ दिल्लीस्थित भारतका लागि इटालीका आवासीय राजदूत हुन् ।
टिप्पणीहरू