बालबालिकालाई काम लगाए काठमाडौँले कारबाही गर्ने

बालबालिकालाई काम लगाए काठमाडौँले कारबाही गर्ने

काठमाडौं महानगरपालिकाले कानून विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रम गराएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । 

बालश्रम नियमित तथा निषेध गर्ने ऐन, २०५६ को दफा ५ ले १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाउन र १८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रम गराउन प्रतिबन्ध लगाएको स्मरण गराउँदै महानगरले यस्तो चेतावनी दिएको हो । महानगरले आज निकालेको सूचनामा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई जोखिमपूर्ण श्रममा खटाएको थाहा भए १५ दिनभित्र जानकारी गराउनसमेत अनुरोध गरेको छ । 

नियम विपरीत घर तथा होटल, ग्यारेज, गाडी, कलकारखानामा बालश्रम गराएको भएमा वा भेटिएमा महानगरको सामाजिक विकास विभागमा जानकारी गराउन सूचनामा भनिएको छ । अन्यथा, घरेलु बालश्रममा राखेको मानेर प्रचलित कानूनबमोजिम कारबाही गर्ने महानगरपालिकाको चेतावनी छ ।
 

टिप्पणीहरू