कोशी सरकारबाट बाहिरिने माओवादीको निर्णय, मन्त्रीहरुले राजीनामा दिँदै

कोशी सरकारबाट बाहिरिने माओवादीको निर्णय, मन्त्रीहरुले राजीनामा दिँदै

नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको कोशी प्रदेश सरकार छोड्ने निर्णय गरेको छ । 

विराटनगरमा आज बसेको पार्टीको प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई आजै राजीनामा दिन पनि निर्देशन दिएको छ । 

कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

टिप्पणीहरू