कोशीमा सरकार बनाउन काँग्रेसले पहल गर्ने
नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । आज बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।
एमाले नेतृत्वको सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णयलगत्तै कांग्रेस आफैँ सरकारको नेतृत्व लिन अघि सरेको हो । माओवादी केन्द्रले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ भने यसअघि नै जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
जसका कारण एमाले संसदीय दलका नेता हिम्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
यहीबीचमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।
टिप्पणीहरू