बैठकमा गएका शिक्षकको जलेकाे शव फेला

बैठकमा गएका शिक्षकको जलेकाे शव फेला

बाँकेमा एक जना शिक्षक मृत फेला परेका छन् । हिजो दिउँसो बैठकमा गएका रविन्द्र रेग्मी आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका १८ का रेग्मी हिजो दिउँसो घरबाट बैठकमा गएको परिवारले बताएको छ । तर आज बिहान राप्ती–सोनारी गाउँपालिकाको ढिकेरीस्थित जंगलमा जलेको अवस्थामा शव फेला परेको बताइएको छ ।  

मोटरसाइकल चढेर घरबाट निस्केका रेग्मीको राति साढे १० बजेपछि मोबाइल अफ भएको थियो ।

सडक किनारमा रहेको मोटरसाइकलसँगै रेग्मीको भेटिएको हो । ४३ वर्षे रेग्मीको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान थालिएको बाँके प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू