सुनकोसीमा बेपत्ता गाडी भेटियो, दुई कर्मचारीको शव फेला

सुनकोसीमा बेपत्ता गाडी भेटियो, दुई कर्मचारीको शव फेला

गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्कोर्पियो गाडी आज साँझ फेला परेको छ । 

गोताखोरसहितको प्रहरी टोलीले पाँच दिनपछि दुर्घटनाग्रस्त गाडी र त्यसमा सवार दुई जनाको शव आज फेला पारेको हो । शवको पहिचान भने हुन नसकेको र एकजना अझै बेपत्ता रहेको प्रहरीले बताएको छ । 

काठमाडौंबाट खोटाङ तर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो । लगत्तै दुर्घटनाग्रस्त गाडीको खोजि थालिएकोमा फेला नपरेपछि चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी नदी डाईभर्सन गरेर गाडी र शव निकालिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सीटीईभीटीका प्रशासन निर्देशक भानु नगरपालिका- ९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका-७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका-५ इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए ।

टिप्पणीहरू