काँग्रेसको सदस्यता अब अनलाइनबाटै, गुट भत्किने गगन थापाको विश्वास
नेपाली काँग्रेसले असार १ गतेदेखि अनलाइनबाट सदस्यता वितरण गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत् वितरण गर्ने व्यवस्था गरिने बताएका हुन् ।
उनले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै अनलाइनबाटै प्राप्त गर्न सकिने पनि जानकारी दिए । पार्टीभित्रको गुट भत्काउन पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लैजानुपर्ने महामन्त्री थापाको भनाई छ ।
त्यसक्रममा थापाले देश परिवर्तनका लागि सुरुमा आफ्नै पार्टी सुध्रिन जरुरी रहेको स्वीकारे । काँग्रेस सुधार्नको निम्ति गुट भत्काउन आवश्यक रहेको कुरालाई उनले कार्यकर्तामाझ विशेष जोड दिएका थिए ।
टिप्पणीहरू