संसदमा नारी जातिलाई गर्नुसम्म अपमान गरेर विनोद चौधरी भैरहवातर्फ

संसदमा नारी जातिलाई गर्नुसम्म अपमान गरेर विनोद चौधरी भैरहवातर्फ

 डलर अर्बपति तथा काँग्रेस सांसद विनोद चौधरी भैरहवा गएका छन् । उनी आज बिहान सवा ८ बजे बुद्ध एअरको उडानमा भैरहवा हुँदै नवलपरासीको आफ्नो निर्वाचन क्षेत्र गएको बताइन्छ । 

यता संसदमा जारी बजेटमाथिको छलफलमा डलर अर्बपतिले महिलालाई होच्याउँदै आपत्तिजनक उखान भनेपछि  महिला सांसदहरुले आपत्ति जनाएका थिए । संसदीय मर्यादाविपरित उनले बैठकमा महिलाहरुमाथि लाञ्छना लगाउँदै उखान हालेपछि उक्त उखान रेकर्डबाट डिलिट गरिएको छ ।

सरकारले रासायनिक मल बेलैमा मुलुक भित्र्याउने तदारुकता नदेखाएको सन्दर्भलाई जोड्दै उनले ‘जब पर्यो राती तब...ताती’ भन्ने उखान हालेका थिए । चौधरीको उक्त उखानमाथि महिला सांसदहरुले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश गर्नुभएको थियो । 

किसानले समयमै मल पाउन नसकेको सन्दर्भमा उनले रोपाईंको बेला मात्रै मल आयातको सन्दर्भ उठाउने गरिएको बताउँदै उक्त उखान हालेका थिए ।
 

टिप्पणीहरू