प्रधानमन्त्री भेट्न फेरि पुगे विप्लव बालुवाटार

प्रधानमन्त्री भेट्न फेरि पुगे विप्लव बालुवाटार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । 

प्रधानमन्त्री भेट्न विप्लव साँझ सवा ५ बजे बालुवाटार पुगेको र साँझ ६ बजेसम्म भेटवार्ता जारी रहेको बताइएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएको भोलिपल्टै जेठ २१ गते साँझ पनि विप्लवले भेटवार्ता गरेका थिए । 

माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको भनिएका बेला विप्लव लगालग बालुवाटार पुग्नुलाई माओवादी वृत्तले चासोका साथ हेरेको छ ।

टिप्पणीहरू