मिक्सचर चलाउँदा करेन्ट लागेर मृत्यु

मिक्सचर चलाउँदा करेन्ट लागेर मृत्यु

बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका–७ का ५५ वर्षीय हरिभजन थारुको करेन्ट लागेर मृत्यु भएको हो । 

सोही नगरपालिका–१४ पार्वतीपुरस्थित गणपती प्लाईउड फ्रयाक्ट्रीमा कार्यरत उनी हिजो बिहान मसाला चलाउने मिक्चर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । तत्कालै उपचारका निम्ति नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, सोही फ्रयाक्ट्रीमा कार्यरत नेपालगञ्जका २५ वर्षीय धनिराम खटिकको हाल भेरी अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू