काठमाडौं मलमा आगलागी, जेनेरेटर ध्वस्त
राजधानीको सुन्धारा क्षेत्रमा रहेको काठमाडौं मलमा आगलागी भएको छ । मलभित्रको हाई भोल्टेज जेनेरेटरबाट शुरु भएको आगो तत्काल निभाइएकाले ठूलो दुर्घटना नभएको बताइएको छ ।
४०० केभीको उक्त जेनेरेटरमा सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगो लागेपछि नजिकैको सेनाको रणभैरव गणको टोली घटनास्थल पुगेको थियो ।
जमदार गोविन्द कार्कीको कमाण्डमा गएको नौ सदस्यीय टोली, स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका हुन् । प्रहरीले जेनेरेटरबाहेक अरुमा क्षति नपुगेको बताएको छ ।
टिप्पणीहरू