पाकिस्तान र कोरियाका राजदूतलाई बग्गीमा शीतल निवास पुर्याइयो

पाकिस्तान र कोरियाका राजदूतलाई बग्गीमा शीतल निवास पुर्याइयो

नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत र गणतन्त्र कोरियाका राजदूतले आज ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । उहाँहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा अयाोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । 

त्यसअघि नवनियुक्त राजदूतहरू पाकिस्तानका अब्रार हुसेन हाश्मी र कोरियाका पार्क ताएयोंगलाई लाजिम्पाटस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

टिप्पणीहरू