सुविधा मागेका विद्यालय कर्मचारीमाथि प्रहरीको धरपकड
लामो समयदेखि आन्दोलनरत सामुदायिक विद्यालयका कर्मचारीहरूले आज पनि प्रदर्शन गरेका छन् ।
दोश्रो चरणको आन्दोलनअन्तर्गत गत सोमबारबाट रिले अनसन थालेका उनीहरुले आज पनि प्रदर्शन गरेका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद संघर्ष समितिको अगुवाइमा केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका उनीहरु आज माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका थिए । त्यसक्रममा प्रहरीले धरपकड गरी केहीलाई नियन्त्रणमा समेत लिएको छ ।
विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।








टिप्पणीहरू