स्ट्रीट फुड खाने राजदूत दम्पत्ति, कमेण्ट गर्ने प्रधानमन्त्री

स्ट्रीट फुड खाने राजदूत दम्पत्ति, कमेण्ट गर्ने प्रधानमन्त्री

भारतका लागि जापानी राजदूतले हालै भारतीय शहर पुनेको सडक छेउमा ‘स्ट्रिट फुड’ खाए । श्रीमतीसहित त्यहाँ पुगेका उनले ‘पावभाजी’ खाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे । लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कल्चरल एक्सचेञ्ज’ भनेर भिडियो रिट्विट गरिहाले ।

राजदूत हिरोसीले पोस्ट गरेको भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले लेखेका छन्,‘हामीलाई भारतीय स्ट्रिट फुड मन पर्छ !’ भिडियो र फोटोमा राजदूत दम्पत्तिले पिरो अचार खान तँछाडमछाड गरैझैँ देखिन्छ । मानौं उनीहरु खाना प्रतियोगितामा भाग लिइरहेका छन् ।

उक्त भिडियो भाइरल भएपछि मोदीले लेखेका छन्,‘राजदूत, तपाईंले भारतीय खानाको आनन्द लिइरहेको देखेर खुशी लाग्यो । सामाजिक सञ्जालमा यति सुन्दर ढंगले प्रस्तुत गरिरहनुभएको भोजन ग्रहणको अनुभव हेर्न पाउनु निकै राम्रो कुरा हो । आगामी दिनमा पनि यस्तै भिडियो देखाइरहनु होला ।’

टिप्पणीहरू