ल्हासामा सांस्कृतिक तथा पर्यटन एक्सपोको शुभारम्भ

ल्हासामा सांस्कृतिक तथा पर्यटन एक्सपोको शुभारम्भ

चीनको स्वायत्त क्षेत्र तिब्बतको राजधानी ल्हासामा पाँचौ सांस्कृतिक तथा पर्यटन एक्सपो शुरु भएको छ । झण्डै एक हजार जना व्यवसायी, आन्तरिक तथा वाह्य पाहुनाको उपस्थितिमा हिजो तीन दिने एक्सपोको उद्घाटन गरिएको छ ।

एक्सपोमा झण्डै १० हजार किसिमका उत्पादन र सामाग्री प्रदर्शन गरिएको छ । एक्सपोलाई तिब्बतमा पर्यटन प्रवद्र्धन र लगानीको उपयुक्त माध्यमको रुपमा लिने गरिएको छ ।

१४ हजार वर्गमीटरको विशाल प्रदर्शनी हलमा पर्यटन, खेलकुद, संस्कृति, स्वच्छ ऊर्जा, तिब्बतको परम्परागत औषधि, सीमा व्यापारसँग सम्बन्धित सामाग्री राखिएको छ । तिब्बत सरकार चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजनामा भएको प्रदर्शनी यसअघि सन् २०१४, २०१५, २०१६ र २०१८ मा पनि भएको थियो ।

यस पटकको एक्सपोमा नेपालको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी भएको छ ।

टिप्पणीहरू