उपराष्ट्रपति नवलपरासीबाट फर्कनुभयो, प्रधानमन्त्री सिन्धुपाल्चोक प्रस्थान

उपराष्ट्रपति नवलपरासीबाट फर्कनुभयो, प्रधानमन्त्री सिन्धुपाल्चोक प्रस्थान

उपराष्ट्रपति रामसहाय प्रसाद यादव नवलपरासी जानुभएको छ । उहाँ आज बिहान ८ बजे काठमाडौंबाट नवलपरासीको कावासोती जानुभएको बताइएको छ ।

बिहान ७ बजे सरकारी निवास लैनचौरबाट निस्कनुभएका उपराष्ट्रपति त्रिभुवन विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ जानुभएको हो । उहाँ चुरे दिवस २०८० को उपलक्ष्यमा कावासोतीमा आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुनुभएको हो । कार्यक्रमपछि उहाँ राजधानी फर्कनुभएको बताइन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै बिहान सिन्धुपाल्चोक पुग्नुभएको छ । उहाँ बिहान सवा ८ बजेको समयमा त्यसतर्फ जानुभएको हो ।

टिप्पणीहरू