मुस्लिम आयोगका अध्यक्ष दुबईबाट फर्के
मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी दुबई पुगेर फर्केका छन् । उनी आज बिहान काठमाडौं आइपुगेका हुन् ।
अन्सारी फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मा बिहान पौने ८ बजे काठमाडौंमा ओर्लेका थिए ।
उनी नियमित रुपमा विदेश जाउआउ गर्नेमा पर्छन् । उनको अधिकांश विदेश भ्रमण दुबई हुने गरेको छ ।
टिप्पणीहरू