भुटानी महारानी तेस्रो पटक गर्भवती
भुटानकी महारानी जेट्सुन पेमा तेस्रो सन्तानको तयारीमा रहेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा दिइएको जानकारीअनुसार ४३ वर्षे राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र ३३ वर्षीया रानी जेट्सुन पेमाको आगामी शरद ऋतुुमा तेस्रो सन्तान हुन लागेको छ ।
रानीको पेट गत महिना बेलायत र जोर्डनको भ्रमणमा अलि उक्सिएको देखिएपछि उक्त आशंका गरिएको थियो । रानी जेट्सुन गत महिना बेलायतका नरेश चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन जाँदा र त्यसपछि जोर्डनमा आयोजित शाही परिवारको विवाह समारोहमा भाग लिन जाँदा फोटो पत्रकारहरुले यस्तो अनुमान लगाएका थिए । त्यतिबेला रानीले लगाएको पोशाकमा उनको पेट केही उठेको देखिएको थियो ।
सन् २००८ देखि गद्दी आरोहण गरेका राजाले थिम्पुको विद्यालय र बेलायतको विश्वविद्यालयमा अध्ययन गरेकी नातेदार जेट्सुनसँग विवाह गरेका हुन् । उनीहरुको पहिलो सन्तान सन् २०१६ मा र अर्को छोरा सन् २०२० मा जन्मेका थिए । अर्को सन्तान भने आगामी नोभेम्बरमा जन्माउने तयारी छ ।
टिप्पणीहरू