समाजवादी मोर्चा घोषणा एक घण्टा ढिलो

समाजवादी मोर्चा घोषणा एक घण्टा ढिलो

चार पार्टी मिलाएर बनाइएको समाजवादी मोर्चा घोषणा एक घण्टा ढिलो हुने भएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिष्ट पार्टीको समाजवादी मोर्चा घोषणा ४ बजे हुने बताइएको छ । यसअघि ३ बजे काठमाडौंको सभागृहमा हुने जानकारी गराइएको थियो ।

मोर्चाको अध्यक्षता चार वटै दलका शीर्ष नेताहरुले आलोपालो गर्ने भएका छन् । पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले नै पहिलो अध्यक्षता गर्ने सहमति भएको छ । तर, कार्यकाल तोकिएको छैन । मोर्चाको नीतिगत निर्णयका लागि चार वटै दलका अध्यक्ष रहेको चार सदस्यीय संयोजन समितिको व्यवस्था गरिएको छ । 

प्रधानमन्त्री दाहालपछि अध्यक्ष नेपाल, यादव र विप्लवले मोर्चाको नेतृत्व गर्नेछन् । आगामी दिनमा अन्य दललाई पनि मोर्चामा सहभागी गराउने नीति लिइएको छ । ४ बजे मोर्चाको घोषणापत्र सार्वजनिक गरिँदैछ ।

टिप्पणीहरू