समाजवादी मोर्चासँग काँग्रेस नतर्सिने, योगेशले भने– बुढाहरुको क्लब हो
चारवटा वामपन्थी घटकहरुको समाजवादी मोर्चा गठनले सरकारको समीकरण बदलिन सक्ने टिप्पणी भइरहेका बेला सत्ता साझेदार नेपाली कांँग्रेसका एकजना सांसदले त्यो सम्भावनालाई इन्कार गरेका छन् ।
सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस नतर्सिने र त्यसले सरकारको समीकरणमा कुनै फरक नपार्ने बताएका हुन् । आज संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा उनले भने, ‘समाजवादी मोर्चा बनाएपछि सरकार फेरिने, काँग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन ।’
एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको समेत पौडेलको ठम्याई छ ।
यता, एमाले सचिव योगेश भट्टराईले मोर्चालाई बुढाहरूको क्लबको संज्ञा दिएका छन् । संसद भवन परिसरमा पत्रकारहरूसँग बोल्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच पछि झगडा पर्ने र अलग हुने सम्भावना आफूले देखेको पनि बताए ।
‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो । यो बुढाहरुको क्लब हो,’ सांसद भट्टराईले भने ।
मोर्चामा रहेका दलहरुबीच समाजवादकै विषयमा समान धारणा नरहेको उनको दावी छ ।
टिप्पणीहरू