सुदूरपश्चिममा आज शोक बिदा

सुदूरपश्चिममा आज शोक बिदा

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आज प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ । हिजो साँझ धनगढीमा बसेको क्याबिनेट बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।

मन्त्री सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि धनगढी रंगशालामा राखिएको छ । अन्त्येष्टिका लागि शव मन्त्रीको गृह जिल्ला बझाङ लगिँदैछ ।

उनको हिजो दिउँसो बझाङमा भएको सडक दुर्घटनामा निधन भएको हो । दुर्घटनामा श्रीमती अमृतादेवी सिंह र सिंहकी भाउजू जयादेवीको पनि निधन भएको छ । 

अंगरक्षक ३५ वर्षीय दीपक भण्डारी र गाडी चालक ३५ वर्षीय धर्मराज जोशीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

टिप्पणीहरू