पोखरा विमानस्थलमा चिनियाँ विमान अवतरण, राष्ट्रिय सभा अध्यक्ष पनि सोही उडानमा

पोखरा विमानस्थलमा चिनियाँ विमान अवतरण, राष्ट्रिय सभा अध्यक्ष पनि सोही उडानमा

चीन भ्रमणमा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज स्वदेश फर्कनुभएको छ । उहाँ चीनको सिचुआन प्रान्तको छन्तुबाट आएको सिचुआन एअरलाइन्सको चार्टर उडानमा सोझै पोखरा जानुभएको हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ । सोही क्रममा अध्यक्ष तिमिल्सिनासहित चीन भ्रमणमा रहेको नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्य पोखरा पुगेको बताइएको छ ।

आगामी शुक्रबार र शनिबार पोखरामा ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रयागन बोट फेस्टिभल’ हुँदैछ । त्यसैको निम्ति छन्तुबाट पोखरा विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले चार्टर्ड फ्लाइट गरेको हो ।  

उडानमा १ सय ३० जना यात्रु छन् । पोखरा विमानस्थल गत जनवरी १ तारिखका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।

टिप्पणीहरू