चिनियाँ पर्यटक भान्जा-भान्जी जस्तै लाग्छ : पर्यटन मन्त्री किराँती

चिनियाँ पर्यटक भान्जा-भान्जी जस्तै लाग्छ : पर्यटन मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनियाँ पाहुना नेपाल आउँदा आफूलाई भान्जा–भान्जी आएको जस्तो लाग्ने बताउनुभएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तराष्ट्रिय उडान भएको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो भन्नुभएको हो । नेपाल र चीनबीचको सम्बन्धनको सुरुवात १५ सय वर्षअघिदेखि भएको स्मरण गर्दै मन्त्री किराँतीले चीनसंग सम्बन्ध राम्रो बनाउनका लागि राजा अंशुवर्माले छोरी भृकुटी बिबाह गरेर दिएको बताउनुभयो । 

नेपाल र चीनबीच यस्तो नाता सम्बन्ध रहेकाले चिनियाँ पाहुना आउँदा भान्जा भान्जी आएको महसुस हुने उहाँले बताउनुभएको हो । 

‘अत्यन्तै नजिकको नाता जस्तो लाग्छ, भृकुटी हाम्रो चेली भएको भएर होला हामीलाई चिनियाँ पाहुना नेपाल आउँदा भान्जा-भान्जी आएको जस्तो लाग्छ,’ मन्त्री किराँतीले सोध्नुभयो, ‘के तपाईंहरुलाई मामाघर आएको जस्तो लाग्दैन ?’

चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सको जहाज आज बिहान ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।

टिप्पणीहरू