रातिको बर्षाले सिंगटी- चरिकोट सडकखण्ड अवरुद्ध

रातिको बर्षाले सिंगटी- चरिकोट सडकखण्ड अवरुद्ध

गए राति बर्षासँगै आएको भलले दोलखाको केही सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ।

बन्चरे र सिंगटीवीचको सडकमा भल छिरेर   सिंगटी -चरिकोट सडकखण्ड क्षतविक्षत बनाउँदा  यातायात सेवा अवरुद्ध भएको हो ।

बाटो खुलाउन पालिकाले  आवश्यक  पहल गरिरहेको भनिए पनि अझै यातायात सेवा सुचारु हुन नसकेको बताइएको छ ।
हिजोको बर्षाले दोलखाको अन्य कच्ची सडकखण्ड पनि हिलाम्य बनाएको छ ।

टिप्पणीहरू