गल्छीमा बस पल्ट्यो : एकको मृत्यु, दुई दर्जनबढी घाइते
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटना भएको छ ।
एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस सडकमै पल्टिएको छ । दुर्घटनामा एक जनाको निधन भएको छ । दुई दर्जनबढी घाइते भएको बताइएको छ ।
दुर्घटनाका कारण राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको लामो लाम लागेको छ ।
टिप्पणीहरू