पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी वियोग

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी वियोग

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी श्रीमतीको निधन भएको छ । पत्नी दिव्यश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित चन्दको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो ।

दिव्यश्वरीका श्रीमान्,दुई छोरा र दुई छोरी छन् । लोकेन्द्रबहादुर राप्रपाका संस्थापक नेता हुन् भने छोरा जयन्त चन्द पनि अहिले राप्रपामा आवद्ध छन् ।
 

टिप्पणीहरू