जापानसम्म जहाज लाने सोनी र जुहारचनको जागिरमाथि जोखिम

जापानसम्म जहाज लाने सोनी र जुहारचनको जागिरमाथि जोखिम

नेपाल वायुसेवा निगमका दुई जना पाइलट निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निगमका दुई जना पाइलटलाई निलम्बन गरिएको जनाएको छ ।

काठमाडौं–नारिता (जापान) उडानका क्रममा सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरु निलम्बनमा परेका हुन् । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि निलम्बनको खबर पुष्टि गरे ।

निगमको वाइडबडी ए ३३० उडानमा तोकिएको मापदण्ड ‘अपरेटिङ प्रोसिडर’ पालना नगरेपछि ती पाइलट एअरबसको मनिटरिङमा परेका हुन् । काठमाडौंबाट नारिता उडेको विमानले अवतरण गर्नुअघि पालना गर्नुपर्ने उचाई मेन्टेन नगरेपछि उनीहरु कारवाहीमा परेको बताइन्छ । 

विमान क्याप्टेनद्वय एम. जुहारचन र सोनी राणाले उडाएका थिए । स्रोतका अनुसार जुहारचनको भन्दा राणाको गल्ती देखिएको छ । नारितामा विमान सोझै अवतरण गर्न नसकेपछि टावरले उचाईमा लैजान दिएको निर्देशन राणाले पालना नगरेको आरोप छ । तोकिएको उचाईमा विमान नपुर्याई नारिताको आकाशमा राउण्ड लगाएपछि एअरबस कम्पनीको मनिटरिङमा गल्ती देखिएको बताइन्छ । 

‘त्यो बेलामा विमान राणाले उडाइरहेकी थिइन्,जुहारचन सहायकको भूमिकामा थिए,’ प्राधिकरण स्रोतले बतायो । 
 

टिप्पणीहरू