भरतपुरको बजेट ६ अर्ब ३१ करोड

भरतपुरको बजेट ६ अर्ब ३१ करोड

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेको छ । आज बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 

महानगरले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, प्रदेश सरकारले दिएको राजस्व बाडफाँड, जनसहभागिताबाट प्राप्त रकम र आफ्नो मौज्दात रकमलाई स्रोत बनाएर बजेट विनियोजन गरिएको बताइएको छ । भरतपुरको आन्तरिक आय १ अर्ब ७५ करोड रहेकोमा अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार रुपैयाँ प्राप्त भएको छ । 

केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट प्राप्त हुने ३ करोड रुपैयाँलाई बजेटमा स्रोत मानिएको छ ।
 

टिप्पणीहरू