एमाले अध्यक्ष ओलीसँग हर्क साम्पाङको छुट्टै भेट
एमाले अध्यक्ष केपी शर्मा ओली र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच हिजो भेटवार्ता भएको छ । दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा छलफल भएको हो ।
छलफलमा धरानका उपमेयर अईन्द्रविक्रम बेघा पनि उपस्थित थिए । आधा दर्जनभन्दा बढीको उपस्थितिमा अध्यक्ष ओली र मेयर हर्कबीच करिब २० मीनेट कुराकानी भएको थियो ।
भेटघाटपछि अध्यक्ष ओली र साम्पाङ नेतृत्वको टोली पार्टी कार्यालयबाट सँगै बाहिरिएको बुझिएको छ ।
टिप्पणीहरू