इनारमा खसेको वाटरपम्प निकाल्न गएका दुई युवक बिते
काठमाडौंमा इनारभित्र खसेको वाटरपम्प निकाल्न गएका दुई युवकको मृत्यु भएको छ । भोटेबहालमा आज बिहान इनारभित्र गएका दुवै जनाको ज्यान गएको बताइएको छ ।
पम्प इनारभित्र खसेपछि उनीहरु पम्प निकाल्न इनारभित्र गएका हुन् । पम्प निकाल्न पहिले झापाका ३६ वर्षे दिपेन लिम्बू गएका थिए । तर उनी बेहोस भएपछि उनलाई बचाउन सिन्धुलीका २२ वर्षे जितेश गुरुङ पनि इनारमा बेहोस भएका थिए ।
दुवै जनाको इनारभित्र निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू