जलहरी प्रकरण चर्किंदै गर्दा पशुपतिका पूर्व हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जलहरी प्रकरण चर्किंदै गर्दा पशुपतिका पूर्व हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

ढकालले गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गरिएको बताइएको छ । उनीविरुद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

उनीविरुद्ध उजुरी परेपछि २०७९ जेठ ३० गतेसम्मको सम्पत्ति छानबिन गर्ने क्रममा एक करोड ४४ लाख ७८१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४७ को दफा २९ (ख) बमोजिम उक्त रकम जफत गर्न समेत मागदाबी गरेको छ ।

 

टिप्पणीहरू