रुसी राष्ट्रपति भन्छन् : कसैलाई बाँकी राखिन्न
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकलाई रक्तपातपूर्ण द्वन्द्वमा धकेल्न खोज्ने कसैलाई पनि नछाडिने बताएका छन् । उनले गत साता भएको वाग्नर विद्रोह र सो समूहका नेताहरुमाथि कडा कारबाही गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
विद्रोही सैनिक समूह राजधानी मस्कोतर्फ अगाडि बढेको बेला एकाएक बीच बाटोमा रोकिएको थियो । गएराति राष्ट्रको नाममा सम्बोधन गर्दै उनले विद्रोही नेतालाई न्यायको कठघरामा उभ्याइने ठोकुवा गरेका छन् । उनले भने, ‘तर वाग्नर सैनिकहरु देशभक्त हुन् । त्यसैले उनीहरु अब रुसी सैनिक वा बेलारुसमा भर्ना हुनसक्ने छन् । चाहेमा घर पनि जान सक्नेछन् ।’
राष्ट्रपति पुटिनले आफ्नो सम्बोधनमा वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनबारे केही उल्लेख गरेका छैनन् ।
टिप्पणीहरू